२०७७ फागुन १६, आइतबार

img-responsive

०२:४१:३८

 

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ५, बुधबार,०६:१६:PM  
img-responsive

काठमाडौँ, ५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र बुधवार बाँडफाँड भएको छ । माघ १८ गतेदेखि माघ २३ गते कम्पनीले आठ वर्षे अवधिको ९.५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार दरको ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । ३ लाख कित्ता अर्थात ३० करोड बराबरको शेयर ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रक्रियाबाट बिक्री गर्ने कम्पनीले जनाएको छ । ८ वर्षको अवधिको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । यसलाई ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम राखिएको छ ।

ऋणपत्रको बिक्री तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदकहरूले न्यूनतम २५ कित्ताबाट सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com