२०७७ फागुन १६, आइतबार

img-responsive

०३:००:३८

 

महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा शर्मा मनोनीत

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ५, बुधबार,०६:०७:PM  
img-responsive

कठमाडौं, ५ फागुन । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित सञ्चालकहरूका सोमबार बसेको बैठकले सञ्चालक श्री मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भई सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष श्री मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले  आजै बीमा समितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।   

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com