२०७७ फागुन १६, आइतबार

img-responsive

०३:२७:१३

 

प्रेम दिवस विशेष गीत ! ....

गोठालो खबर
सुवास विभास , २०७७ फागुन १, शनिबार,११:२७:PM  
img-responsive

=====================

प्रेम दिवस विशेष गीत!

खेतबारी मेलापातमा

आऊ मनाउँ प्रेम दिवस !

हाट बजार रोदी घरमा

आऊ मनाउँ प्रेम दिवस !

 

फुर्सद छैन डिस्को जान

मन्दिर धाउन पनि,

डेटिङ जाने कुरै बेग्लै

च्याटमा बस्न पनि !

पँधेरी र गोठालो मै

आऊ मनाउँ प्रेम दिवस !

भन्ज्याङ र चौतारी मै

आऊ मनाउँ प्रेम दिवस !

 

डाँफे चरी मैना संगै

घुम्नलाई तिमी नआउने,

पार्क घुम्न क्याफे जान

म भ्याउँदै नभ्याउने !

लालुपाते गुराँस सँगै

आऊ मनाउँ प्रेम दिवस !

ढिँडो गुन्द्रुक सिस्नो संगै

आऊ मनाउँ प्रेम दिवस !

 

खेतबारी मेलापातमा

आऊ मनाउँ प्रेम दिवस !

हाट बजार रोदी घरमा

आऊ मनाउँ प्रेम दिवस !

 

समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com