२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:००:२७

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ फागुन १, शनिबार,०९:३५:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) तेस्रो राष्ट्रिय वेटी सम्मेलन कहिले र कहाँ भयो ?

  • विःसं २०७७ माघ २७ देखि २९ सम्म हेटौँडामा,

दोस्रो – विःसं २०७६ माघ २७ देखि २९ सम्म जनकपुरमा, र पहिलो –विःसं २०७५ माघ २७ देखि २९ गाईघाटमा  भएको थियो ,

२) हाल राष्ट्रिय गौरवका आयोजनाहरु कति छन् ?

  • २४ वटा,

३) भगवान् गौतम बुद्धले बोलेको अन्तिम वाक्य के थियो ?

  • अप्पो द्धिप भव

४) आर्थिक सर्वेक्षण ०७६/७७ अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?

  • ६२.२%

५) स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हिमाली जिल्लाको हिमाली क्षेत्रमा नगरपालिका हुनका लागी कति जनसङ्ख्या चाहिन्छ ?

  • कम्तीमा दश हजार (हिमाली जिल्लाको पहाडी क्षेत्रमा कम्तीमा ४० हजार हुनु पर्दछ)

६) नेपालको वर्तमान संविधानको कुन धारामा विशिष्टीकृत अदालत सम्बन्धी व्यवस्था गरिएको छ ?

  • धारा १५२

७) डाइनोसरको उत्पत्ति,विकास र विनाश कुन कुन कालमा भएका थियो ?

  • क्रमशः ट्रयासिक,जुरेशिक र क्रेस्टासियस काल

८) विश्वको सबै भन्दा ठुलो ताल कुन हो ?

  • क्यास्पियन ताल

९) युरोपको कारखाना भनेर कुन देशलाई चिनिन्छ ?

  • बेल्जियम

१०) इन्द्रावती नदीको पौराणिक नाम के हो ?

  • सत्यबाहिनी

११) भारतलाई मात्र छुने प्रदेश कुन कुन हुन ?

  • २ र ५ नम्बर प्रदेश

१२) लेलिन् सत्तामा आए पछि करिब १३ हजार पुँजीपतिलाई काटेर मारेको घटनालाई के नामले चिनिन्छ ?

  • लाल आतङ्क (Red Terror)

१३) तलेजु भवानीको मन्दिर कसले बनाएका हुन ?

  • महेन्द्र मल्ल

१४) भरतले चौध वर्ष सम्म बसेर राज्य गरेको ठाउँलाई नन्दिग्राम भनिन्छ भने राम वन बास छदा बसेको ठाउँलाई के भनिन्छ ?

  • पञ्चवटी

१५) शिक्षक सेवा आयोगका सदस्यहरूको सिफारिस गर्न गठित समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

  • लोक सेवा आयोगको अध्यक्ष

१६) बिःसं २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो ?

  • २%

१७) नेपाललाई सर्बप्रथम अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने खेलाडी को हुन ?

  • वैकुण्ठ मानन्धर

१८) नेपालको पहिलो महिला क्याबिनेट स्तरीय मन्त्री को हुन ?

  • शुसिला थापा, (पहिलो महिला उप मन्त्री–द्वारिकादेवी ठकुरानी)

१९) कानुनको शासन सूचकाङ्क (Rule of law index) २०२० मा नेपाल विश्वमा कतिऔं स्थानमा पर्दछ ?

  • ६१औँ, (विश्वको पहिलो स्थानमा डेनमार्क रहेको छ)

२०) विश्वमा नागरिक बडापत्र (Citizen Charter) को सुरुवात कुन देश बाट भएको हो ?

  • बेलायत

                                  समाप्त

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit