२०७७ फागुन १६, आइतबार

img-responsive

०३:०३:२०

 

त्रि.वि. सेवा आयोगद्वारा लिइने ११ पदहरूको लिखित परीक्षा स्थगित (सूचना सहित)

गोठालो खबर
गोठालो खबर २०७७ माघ ३०, शुक्रबार,०९:२६:AM  
img-responsive

कीर्तिपुर, ३० माघ। त्रि.वि. सेवा आयोगद्वारा लिइने ११ पदहरूको लिखित परीक्षा स्थगित स्थगित गरेको छ । बिहीबार त्रि.वि. सेवा आयोगले माघ २३ गते ४ पदहरु र माघ २९ गते ७ पदहरुको लिखित परीक्षा छुट्टा-छुट्टै सूचना जारीगर्दै अर्को सूचना प्रकाशन नभए सम्मको लागि स्थगित भएको जनाएको छ ।

त्रि.वि. सेवा आयोगद्वारा लिइन परीक्षा विज्ञापन नं. २००१/०७६–०७७ (उपप्रशासक), विज्ञापन नं. २०१०/०७६–०७७ (पुस्तकालय अधिकृत), विज्ञापन नं. २०११/०७६–०७७ (पुस्तकालय सहायक) र विज्ञापन नं. २०३८/०७६–०७७ (प्राविधिक अधिकृत–कम्प्युटर) , विज्ञापन नं. २००६/०७६-०७७ (लेखा अधिकृत), विज्ञापन नं. २००७/०७६-०७७ (मूख्य लेख सहायक), विज्ञापन नं. २००२/०७६-७७ (शाखा अधिकृत),  विज्ञापन नं. २००३/०७६-०७७ (मूख्य कार्यालय सहायक), विज्ञापन नं. २०३९/०७६-०७७ (मूख्य प्राविधिक सहायक-कम्प्युटर), विज्ञापन नं. २००४/०७६-०७७ (कार्यालय सहायक) र विज्ञापन नं. २००८/०७६-०७७ (लेख सहायक) को परीक्षा स्थगित भएको हो । उच्च अदालत पाटनले रिट निवेदनको टुङ्गो नलागे सम्म उक्त पदहरूको परीक्षा नगर्नु नगराउनु भन्ने उत्प्रेषण परमादेश प्राप्त भएकोले उक्त पदका परीक्षाहरू अर्को सूचना प्रकाशन नभएसम्म लागि स्थगित भएको आयोगले जनाएको छ ।  

त्रि.वि. सेवा आयोगले २०७६ पौष १५ गते विज्ञापन गरी यही माघ २५ गतेबाट परीक्षा संचालन गरेको थियो तर उच्च अदालत पाटनले रिट निवेदनको टुङ्गो नलागे सम्म उक्त पदहरूको परीक्षा नगर्नु नगराउनु भन्ने उत्प्रेषण परमादेश प्राप्त भएपछि २३ र २९ गते दुई चरणमा सूचना प्रकाशित गर्दै त्रि.वि. सेवा आयोगले कर्मचारीहरूको खुल्लातर्फको लिखित परीक्षा स्थगित गरेको छ । 

सूचना 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com