२०७७ फागुन १६, आइतबार

img-responsive

०३:०६:५३

 

सातवटै प्रदेशमा बिपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ २६, साेमबार,०६:१२:PM  
img-responsive

काठमाण्डौ, २६ माघ ।  नेपालमा बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपाल नामक संस्था स्थापना भएको छ । समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा  थापाको नेतृत्वमा संस्था स्थापना भएको हो । 

राजनीति तथा सामाजिक क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थापा  गिरिजाप्रसाद कोइराला फाउन्डेसन प्रदेश नं १ को पूर्बसंयोजक,  राष्ट्रिय महिला फुटबलको क्याप्टेन समेत रहनुभएका थापा, राष्ट्रिय खेलकुद परिषदको पूर्वसदस्य रुपमा समेत आफ्नो भूमिका निभाएका छन् ।

केयर वूमन नेपालको अध्यक्ष थापा नेपाली कांग्रेस धनकुटा को क्षेत्रीय सभापति तथा महासमिति सदस्यसमेत  हुन् ।  थापाको नेतृत्वमा स्थापित उक्त संस्थाको महासचिवमा डा. तुल्सी गौतम, सदस्यहरुमा प्रा.डा.जीवराज पोखरेल, डा. जयबहादुर  टण्डन, डा. राजकुमार राई, वरिष्ठ अधिवक्ता सिताराम केसी र हरि प्रसाद ढुङ्गाना रहेका छन् । उक्त संस्था गैरनाफामूलक संस्थाकारूपमा कम्पनी रजिस्ट्रार कार्यालय काठमाण्डौमा  केहिदिन अघि  दर्ता गरिएको हो ।

उक्त कार्य समितिको  काठमाडौंमा शनिबार सम्पन्न  बैठकले सातवटै प्रदेशमा  बिपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ । संस्थाकी अध्यक्ष इन्दिरा  थापाकोको अध्यक्षतामा बसेको बैठकले बिपी सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन अनुसन्धान गर्ने,  पुस्तक  प्रकाशन गर्ने ,संग्राहलय बनाउने र बिपी  समाजबाद सम्बन्धी  नीति र  विचारलाई गाउँसम्म पुर्याउने निर्णय  गरेको छ ।

बिपी सम्बन्धी सम्बन्धी बिचार र नीति मुलुकालागि अझै अपरिहार्य रहेको हुँदा संस्थागत पहलबाट त्यसलाइ अघि बढाउन  संस्था  स्थापना गरिएको संस्थाकी  अध्यक्ष  थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com