२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:४०:३८

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ माघ २४, शनिबार,११:५०:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) विश्व क्यान्सर दिवस कहिले पर्दछ ?

  • हरेक वर्ष फेब्रुअरी ४ मा, यो वर्षको नारा — I am and I will रहेको छ ,

२) म्यानमार/बर्मा मा पछिल्लो समय कहिले सङ्कटकाल घोषणा भयो ?

  • सन् २०२१ फेब्रुअरी १ मा,

३) नेपालको वर्तमान संविधान बमोजिम गाउँ तथा नगर सभाको कार्यकाल समाप्त भएको मितिले कति समय भित्र अर्को चुनाव सम्पन्न गरी सक्नु पर्दछ ?

  • छ महिना भित्र 

४) विसं २०७६÷६÷१५ को मन्त्रिपरिषद बैठकले २५ औँ मुख्य सचिवमा कसलाई नियुक्त गरेको छ?

  • शंकरदास वैरागी, ( नेपालको पहिलो मुख्य सचिव चन्द्र बहादुर थापा हुन)

५) विश्व मुटु दिवस कहिले मनाइन्छ ?

  • प्रत्येक वर्ष सेप्टेम्बर २९ मा

६) नेपालमा शासकीय सुधार कार्यक्रममा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकाय कुन हो ?

  • एसियाली विकाश वैंक 

७) नेपालमा कमैया मुक्त घोषणा कहिले भयो ?

  • विसं २०५७ -४-२ 

८) कुन कानुनलाई नागरिक संविधान पनि भन्ने गरिन्छ ?

  • देवानी कानुन 

९) विश्वमा योजनाबद्ध विकासको सुरुवात कुन देश बाट भएको हो ?

  • रुस 

१०) चराहरूको महादेश भनी कुन महादेशलाई चिनिन्छ ?

  • दक्षिण अमेरिका 

११) “हिउँ तारा” भनेर कसलाई चिनिन्छ ?

  • बाबुछिरी शेर्पा

१२) मालदिभ्सको सांसदलाई के भनिन्छ ?

  • मजलिस 

१३) भगवान् बुद्धले अत्यधिक माया गर्ने चेला को थिए ?

  • आनन्द  (बुद्धलाई अत्याधुनिक माया गर्ने चेला सुभद्र थिए) 

१४) सबै भन्दा कम जनसङ्ख्या भएको स्थानीय तह कुन हो ?

  • नार्पाभूमी गाउँपालिका (मनाङ) 

१५) म्याराथनको युद्ध कुन–कुन देश बिच भएको थियो ?

  • ग्रीक र पर्सिया 

१६) नेपालको कुन सहरलाई हरित सहरको उपनामले चिनिन्छ  ?

  • हेटौडा 

१७) साहित्यमा कति रस हुन्छन् ?

  • नौ रस 

१८) मिश्रित अर्थ व्यवस्था सिद्धान्तका प्रतिपादक को हुन ?

  • J.M.king 

१९) निर्वाचन आयोगलाई कुन संविधान बाट संवैधानिक निकायको रूपमा स्थापित गरिएको हो ?

  • नेपाल अधिराज्यको संविधान २०१५ 

२०) नेपालको इतिहासमा कुन अवधिलाई मल्ल कालमा रूपमा चिनिन्छत्र ?

  • १३ औँ देखि १७ औँ शताब्दी 

                         समाप्त

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com