२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:४१:१९

 

गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर जनताको सुरक्षा दिने भने पनि काठमाण्डौं उपत्यकामा बन्दको प्रभाव (फोटो फिचर)

गृह मन्त्रालयको आग्रह लागू भएन, शान्ति सुरक्षा खोइ ?

गोठालो खबर
गोठालो खबर -३ २०७७ माघ २२, बिहीबार,१२:४३:PM  
img-responsive

कठमाण्डौं, २२ माघ। प्रचण्ड–नेपाल समूहका नेकपाले गरेको आमहडतालको प्रभाव देशका अन्य भाग लगायत उपत्यकामा पनि परेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पश्चात यस कदमको विरुद्ध विभिन्न राजनीतिक दलहरूले विरोध जनाई रहँदा पुनः सरकारले संवैधानिक निकायहरूमा पदाधिकारीहरूको नियुक्ति गरे पश्चात नेपाली बजार गर्माएको छ । यसैको विरोध स्वरूप आज आह्वान गरिएको आमहडतालको प्रभावका कारण देशका अन्य भाग लगायत काठमाण्डौं शुनसान छ। 

प्रचण्ड–नेपाल समूहका नेकपाले आमहडतालको घोषणा गरे लगत्तै माघ २१ गते साँझ गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय, यातायात लगायतका सम्पूर्ण कार्यहरू निर्बाध सञ्चालन गर्न आग्रह गरेको थियो । त्यसै गरी नागरिकहरूको दैनिकी एवं प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड भएमा, आगजनी गरेमा तथा नागरिकको दैनिकीमा बाधा पु¥याएमा त्यस्तो कार्यमा संलग्नहरूलाई कारबाही गर्ने विज्ञप्ति मार्फत गृहले जानकारी गराएको थियो । गृहको आदेशलाई पनि नटेरी आन्दोलनकारीहरुले एकाबिहानै काडमाण्डौंको गोङ्गबुमा एउटा ट्याक्सीमा आगजानी गरी पूर्ण क्षति पु¥यएको छ भने दिउँसोको समयमा ठाउँ–ठाउँमा प्रचण्ड–नेपाल समूहका नेकपाका कार्यकर्ताहरूले बाटो अवरोध गरेका छन् । 

प्रायः सार्वजनिक यातायातहरू ठप्प छ भने निजी सवारी साधनहरू छिटफुटरुपमा चलेका छन् । यसरी छिट्फुटरुपमा चलेका सवारी साधनहरुलाई समेत बन्दकर्ताहरुले विभिन्न प्रश्नहरू गरेर फर्काउने गरेका छन् । आज बन्द हो थाहा छैन ? खुरुक्क फर्कनुहोस् भन्दै चौैक–चौकबाट सवारी चालकहरूलाई फर्काइ रहेका छन् । सामुन्नेमा खडा भएका सुरक्षाकर्मीहरू मूकदर्शक भएर हेरिरहेका पाइन्छ । गृह मन्त्रालयको विज्ञप्ति पढेर आफूलाई सुरक्षित ठानी आफ्नो दैनिकीमा निस्केका नागरिकहरू अझ असुरक्षित भएका छन् । 

आज बन्दको (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com