२०७७ फागुन १६, आइतबार

img-responsive

०३:५१:२१

 

आमहडताल आह्वानको पूर्व सन्ध्यामा गृह मन्त्रालयको नागरिकलाई आग्रह

गोठालो खबर
गोठालो खबर -३ २०७७ माघ २१, बुधबार,०९:३३:PM  
img-responsive

काठमाडौ, २१ माघ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषण गरे पश्चात यस कदमको विरुद्धको कार्यक्रमहरु र केपी ओलीको समर्थनमा हुने कार्यक्रमहरुका कारण राजधानी लगायत देशका अधिकांश ठाउँहरूमा नागरिकहरूले सास्ती खेप्नु परेको छ । राजनीति स्वार्थ र कुर्सीको लडाइँमा निर्दोष कामगरिखने वर्गका नागरिकहरूलाई बढी मार परेको छ । विभिन्न राजनीतिक दलहरूले कहिले ओली पक्ष त कहिले उनको कदमको विरुद्धमा जनतालाई असर पार्ने गरी समर्थन र विरोधमा कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । यसै बिच माघ २२ गते नेपाल-प्रचण्ड समूहले आमहडताल गर्ने आह्वान संगै नेपाल बन्दको हल्लाले जनता त्रसित भएका छन् । 

माघ २१ गते साँझ मात्र नेपाल प्रचण्ड समूहले राँके जुलुस निकालेका थिए भने ओली पक्ष नेकपाले दिउँसो रिबन नै काटेर उद्घाटन पश्चात ओलीको समर्थनमा मोटरसाइकल ¥याली निकालेका थिए। जसको असर दैनिक काम गरेर खाने वर्गका आम नागरिकहरूलाई परेको थियो । मुख्य सडक नै ढाकेर गरिएको उक्त मोटरसाइकल ¥यालीको कारण कयौँ नागरिकहरूले आफ्नो गन्तव्यमा पुग्न पाएका थिएनन् । 

नेकपाका नेपाल-प्रचण्ड खेमाले माघ २२ गते आम हडतालको घोषणा गरे संगै गृह मन्त्रालयले विज्ञप्ति निकालेर दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय, यातायात लगायतका सम्पूर्ण कार्यहरू निर्बाध सञ्चालन गर्न आग्रह गरेको छ । प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड भएमा, आगजनी गरेमा तथा नागरिकको दैनिकीमा बाधा पु¥याएमा त्यस्तो कार्यमा संलग्नहरूलाई कारबाही गर्ने विज्ञप्ति मार्फत गृहले जानकारी गराएको छ । साथै उसले आम नागरिकलाई आफ्नो दैनिकी निर्बाध रूपमा गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

(पूरा विज्ञप्ति पढ्नुहोस)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com