२०७७ फागुन १३, बिहीबार
१०:५५:१४
काठमाडौं, २० माघ । भिबो मोबाइलले नेपालमा नयाँ मोडल ‘वाई १२ एस’ मोबाइल फोनको प्रि–बुकिङ खुल्ला गरेको छ । चिनियाँ ब्राण्ड भिबोले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त फोनको प्रि–बुकिङ खुल्ला गरेको हो ।
यो मोबाइलको मुलयय कम्पनीले १७ हजार ९ सय ९९ रुपैयाँ कायम राखेको छ । फेब्रुअरी १ देखि १३ सम्म १ हजार रुपैयाँ तिरेर प्रि–बुकिङ गर्ने ग्राहकले उक्त मोबाइललाई १६ हजार ९९९ मा लिन सक्नेछन् । सो अवधिमा बुकिङ गर्ने ग्राहकले १ हजार छुट पाउनुको साथै कम्पनीले घोषणा गरेको पुरस्कारको विजेता बन्ने मौका पनि पाउनेछन् ।