२०७७ फागुन १३, बिहीबार
०९:२७:०४
काठमाडौं, २० माघ । नायिका सुष्मा कार्कीले नायिका श्वेता खड्काले कुटपिट गरेको भन्दै महानगरीय वृत्त दरबारमार्गमा हिजो उजुरी दिएकी छिन् । काठमाडौंको ‘लण्डन पब’ मा आफुमाथि नायिका श्वेता,उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज भएको भन्दै महानगरीय वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
सुष्माले श्वेता खड्का लगायतले आफुमाथि तथानाम गाली गरेको र अपशब्द बोलेको भन्दै उजुरी दिएकी छिन् । सुष्मा अहिले प्रहरी वृत्तमा नै भएको प्रहरीले जनाएको छ ।
नायिका कार्की केही समयअगाडी नायिका पुजा शर्माका फ्यानले अभद्र व्यवहार गरेको भन्दै प्रहरीकोमा पुगेकी थिइन् ।