२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:५४:२०

 

कविता : नजाउ परदेश

गोठालो खबर
गोठालो खबर २०७७ माघ २०, मङ्गलबार,०८:४२:AM  
img-responsive

============

नजाउ परदेश 

तिम्रो खाँचो छ यो देशलाई,
नजाउ आमालाई छाडेर ।
लाग्नेछ सराप उनको,
नत्याग उनलाई टुहुरो पारेर ।।

पसिना बगाउँदै खाडीमा,
विरानो त्यो  मरुभूमिमा ।
रगत छादी कति मरिसके ,
कति नेल जेल परिसके ।।

एकपटक त सम्झ,
हुर्काउने ती आमालाई ।
तिम्रा कर्मठ पाखुराको,
खाँचो छ यो देशलाई ।।

तिम्रा कला सिपबाट,
गगनचुम्वी भवन बनेका छन् ।
तिम्रा दक्षता र क्षमता,
कौडी भाउमा बिकेका छन् ।।

तिम्रा अमूल्य पसिनाले,
बालुवामा पालुवा लागेका छन् ।
अविरल अठार घण्टा खटछौ,
भण्डार उनले भरेका छन् ।।

छातीमा हात राखि हेर,
मुल्याँकन गर आफनो मिहेनतलाई ।
सुनको मालाले सजाउन सक्छौ,
आफनो प्यारो मातृभुमिलाई ।।

गैरा बारी अझै बाँझो छ,
लाठे छैन डोल खेतलाई ।
थाँग्रामा मकै कति हुन्थ्यो,
महिनौ लाग्थ्यो दाँई गर्न धानलाई ।।

गमलामा धान खेती गर्न,
सिकाउँदैछ तिम्रो छोरालाई ।
एकफेर सम्झ रोपाँईमा,
तिमीले दौडाएको हलोलाई ।।

चिटिक्क परी सजिएर,
धान रोप्ने ती रोपारलाई ।
हिलो छयाप्दै लडीबुडी गरेको,
याद गर बाउसे गर्दाको क्षणलाई ।।

तिमी आठै प्रहर नसुति खटिएको,
थाह छैन तिम्रो पितालाई ।
कति दिन पानीको भरमा सुतेको,
पत्तो छैन ममताकी देवी मातालाई ।।

चिसो भुईको निन्द्रा कस्तो हुन्छ,
के थाहा तिम्री अर्धाङ्घिनीलाई ।
कहिले काही असली फोटो हाल्ने गर,
अनि चाल हुन्छ सबैलाई ।।

घुम्न गएको समुन्द्रको छालको,
सेल्फीले लोभ्याँउछौ साथीलाई ।
तिम्रा हातका औला गुम्दा पनि
व्यक्त गर्दैनौ कसैलाई ।।

हेर तिम्रो देशमा बसेर बिदेशीले,
फोहर बाट मोहर निकाल्दैछ ।
भन्दैछ नेपालका गल्ली गल्लीमा,
नोटका बण्डल फयाँकिएको छ ।।

हामीले टिप्न जानेनौ रे,
उसले भकारी भरेको छ ।
आफना बाहिर बाहिरका भित्र,    
कस्तो विडम्ना रहेको छ ।।

अझै कागजमा मात्र सिमित,
तिम्रो देश कृषि प्रधान रहेको छ ।
खेत बारी सबै बाझै छ,
खन्न विदेशी बोलाउनु परेको छ ।।

साग सव्जीका नाममा हामीले,
बिष सेवन गर्नु परेको छ ।
चामल दाल अरुको भरमा,
विदेशी मुद्रा तिर्नु परेको छ ।।

सियोसम्म बनाउने सामथ्र्य छैन,
अर्काको भर पर्नु परेको छ ।
काम गर्ने जनशक्ति जति,
भिसा लिदैं विदेशिदै छ ।।

कमायौ कति गुमायौ कति,
हिसाव किताब गर्न बाकी नै छ ।
आमा रोईरहेकी छन् यहाँ्,
हेर्नु छ तिम्रो ममत्व कति छ ।

 

—हर्ष थापा
 का.प. पनौती २, दारिम्बोट
हाल महालक्ष्मी नगरपालिका वडा नं.१, इमाडोल

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com