२०७७ फागुन १३, बिहीबार
१०:०३:०३
एजेन्सी, १९ माघ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट दोस्रो पटक एकसाथ फिल्ममा अभिनय गर्ने भएका छन् । बलिउडका चर्चित द्वय कलाकारको फिल्म ‘गली बाँय’ २०१९ मा रिलिज भएको थियो । समाचार अनुसार करण जौहरले निर्माण गर्ने नयाँ फिल्ममा दुई कलाकार एकसाथ अभिनय गर्ने भएका हुन् ।
रिपोर्ट अनुसार निर्माता तथा निर्देशक करण जौहरले रणवीर र आलियालाई रोमान्टिक स्टोरीमा पर्दामा उतार्दैछन् । करणले निर्देशन गर्ने फिल्म करणको लागि पहिलो अवसर हो भने आलियाको लागि तेस्रो अवसर हो । आलियालाई पहिलो पटक बलिउडमा डेब्यु गराउने फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा पनि करणले नै निर्देशन गरेका थिए ।