२०७७ फागुन १३, बिहीबार
१०:२४:४८
एजेन्सी, १९ माघ । भारतीय चर्चित कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी पत्नी गिन्नी चतरथले सोमबार छोरालाई जन्म दिएकी हुन् । कपिल शर्माले सामाजिक सञ्जालमार्फत यो खुसीको खुसीको जानकारी दिएका हुन् ।
कपिलले ट्वीटमा लेखेका छन्, नमस्कार, ‘आज बिहान हाम्रो घरमा छोराले जन्म लिएको छ । भगवानको कृपाले बच्चा र आमा दुवै जना स्वस्थ छन् । सबैलाई धेरै धेरै धन्यवाद ।’
कपिल शर्माले श्रीमती गर्भवती भएको सुरुवातको समयमा गोप्य राखे पनि आफैले सार्वजनिक गरेका थिए ।