२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:४६:१४

 

करिश्माले आफ्नो छोरी कवितालाई ‘वनवास’मा नायिका बनाउँदै

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १९, साेमबार,०९:३५:PM  
img-responsive

काठमाडौं, १९ माघ । नेपाली फिल्म क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म ‘वनवास’ निर्माण गर्ने तयारीमा छिन् । उनले आफ्नै छोरी कविता मानन्धरलाई लिएर उनले फिल्म निर्माण गर्न लागेकी हुन् । करिश्माले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत थिम पोस्टर सार्वजनिक गरेर फिल्मको घोषणा गरेकी हुन् ।

पारिवारिक कथामा निर्माण हुन लागेको फिल्ममा पारिवारिक कथा हुनेछ । बाबुको भूमिकामा अभिनेता सरोज खनाल र छोरीको भूमिका कविता मानन्धरले निर्वाह गर्ने भएकी छिन् ।  

फिल्मलाई निर्देशन कसले गर्ने त्यसको बारेमा भने हालसम्म टुङ्गो लागेको छैन ।  यसबारेमा  कुनै आधिकारिक जानकारी आएको छैन । शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ फिल्मबाट कवितालाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । तर फिल्मको पुरा काम नसकिँदै फिल्म प्रदर्शनमा आएको थियो । कविताको भूमिका फिल्ममा छोट्याएपछि करिश्मा शिवसँग रिसाएकी थिइन् । फिल्मले खासै दर्शकको मन पनि जित्न सकेन । कविताको पहिलो फिल्म असफल भएपछि उनको फिल्मी करिअर सङ्कटमा परिरहँदा करिश्माले कवितालाई लिएर ‘वनवास’ निर्माणको घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com