२०७७ फागुन १३, बिहीबार
१०:५४:०२
एजेन्सी, १८ माघ । बलिउड अभिनेत्री कंगना रनौट सामाजिक सञ्जालमा समय–समयमा विवादमा आइरहन्छिन् । कंगना सामाजिक र राजनीतिक मुद्दामा आफ्नो सिधा प्रतिक्रिया दिनेमा परिचय बनाएकी छिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीमध्ये एक हुन् ।
कंगना फेरी एक पटक चर्चामा आएकी छिन् । उनले हिजो शहीद दिवसको अवसरमा आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट गोडसेलाई लिएर ट्विट गरेकी हुन् । उनको यो ट्विट तीव्र रूपमा भाइरल भएको छ । कंगनाले नाथुराम गोडसेलाई फोटो शेयर गर्दै लेखेकी छिन् । क्याप्सनमा लेखिएको छ, ‘प्रत्येक कथाको ३ पक्ष हुन्छन्, एक मेरो, एक साँचो हो र अर्को बाध्यता नै हो, जुन लुकेको छ । यस कारण हाम्रा किताब बेकार छन् ।’
यस्तो लेखेर कंगनाले गोडसेलाई ट्याग गरिदिएकी छिन् । उनले गरेको यस्तो ट्वीटलाई धेरैले सामाजिक सञ्जालमा मन पराएका छन् । धेरैले त सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । हाल कंगना राजनीतिमा आधारित नयाँ फिल्म पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकाको कारण चर्चामा छिन् ।