२०७७ फागुन १३, बिहीबार
०९:३८:१७
एजेन्सी, १८ माघ । बलिउड अभिनेत्री करीना कपुर चाडै नै दोस्रो पटक आमा बन्दैछिन् । उनी गर्भवतीको समयमा पनि आनन्द लिइरहेकी छिन् । यस्तो अवस्थामा पनि उनले आफ्नो काममा ध्यान दिएकी छिन् ।
करीना कहिले कुनै ब्रान्डमा देखिन्छिन् त कहिले रेडियोका शो हरूमा व्यस्त हुन्छिन् । भर्खरै मात्र करीनाले एक भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले मजाले नाचिरहेकी छिन् । भिडियोमा निकै सुन्दर देखिएकी छिन् । उनले सुन्तला रङको फुल स्लीव टप र स्कर्ट लगाएकी छिन् ।
करीनाले हातमा स्कर्ट समातेर हाँस्दै नाचिरहेकी छिन् । उनले यो भिडियो कुनै प्रमोसनको लागि शुट गरेकी हुन् । अभिनेत्री केही समयदेखि चर्चामा छिन् । उनको बढ्दै गएको बेबी बापको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।