२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१३:०९

 

हातमा बनेको यी रेखाले भाग्यको निर्धारण गर्ने 

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १७, शनिबार,०४:३७:PM  
img-responsive

प्रत्येक व्यक्तिको हातमा केही प्रकारका निशान र आकृति बनेका हुन्छन् । हामीले ध्यान दिइरहेका हुँदैनौ, हातको रेखाहरु समय–समयमा बदलिरहन्छन् । किनकी व्यक्तिको विचार र समय परिर्वतन भइरहन्छ । हामी सबैको हातका रेखाहरुको सबैभन्दा धेरै महत्व हुन्छ । हस्तरेखा विज्ञानमा जीवनरेखाको हात सबैभन्दा आवश्यक रेखा मानिएको छ । यदि कसैको हातमा जीवनरेखा छैन भने मान्नुपर्छ की यस्ता व्यक्तिको जीवन धेरै कठिनाईबाट गुज्रिरहेकोे छ ।

 आज हामी हातको ती रेखाहरुको बारेमा बताउन चाहान्छौ जसबाट तपाइँको जीवनको बारेमा धेरै पत्ता लगाउन सकिन्छ ।व्यक्तिको आयु जीवनरेखाबाट पत्ता लगाउन सकिन्छ। यस रेखाको माध्यमबाट पनि जीवनमा कुन–कुन घटना कुन–कुन समयमा घट्ने पनि पत्ता लगाउनसक्छौ । मृत्युको कारण र समय पनि रेखाबाट नै थाहा पाउन सकिने जानकारहरु बताउछन् । यो रेखा बृहस्पति पर्वतको तलबाट निस्किएको छ तथा माथिबाट निक्लिएको छ त्यो बाट प्रष्ट थाहा पाउन सकिने बताइएको छ । 
जसको हत्केलाको बीचमा घोडा वा रथको निशाना बनेको छ त्यो व्यक्तिमा राजयोग छ र सुख प्राप्त गर्छ । यसको साथै कोही व्यक्तिको निधार ठुलो र विशाल भएमा र हात लामो हुने व्यक्तिले राज सुखको आनन्द लिन्छ । कुनै व्यक्तिको हातमा जीवन रेखा गोलो हुन्छ, मस्तिष्क रेखा द्धिभाजित हुन्छ, २ सुर्य रेखा हुन्छन्, सुर्य र गुरु बराबर हुन्छ त्यस्ता मानिसहरुले धन प्राप्त गर्छन् ।

मस्तिष्क रेखामा त्रिकोण र हात गरुगो भएका मानिसहरुलाई अचानक धन प्राप्ती हुन्छ । हत्केलामा सुर्य रेखा निक्लेर गुरु पर्वततिर गएको भए धेरै शुभ मानिन्छ । यसले सरकारी जागिर खाने योग प्रबल देखाउछ । यसको साथैयदि कसैको हत्केलामा सुर्य पर्वतमा भाग्य रेखा आएर जोडिएको छ भने सरकारी जागिर खानेयोग बन्छ । धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit