२०७७ फागुन १७, साेमबार
०३:४१:०१
काठमाडौं, १५ माघ । पेस्तोल सहित पक्राउ बुधवार साँझ एक युवा पक्राउ परेका छन् । काठमाडौँस्थित टिफेन रेस्टुरेन्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।