२०७७ फागुन १७, साेमबार
०४:०८:१५
दाङ, १५ माघ । कुटपिट गरी साडुदाईको हत्या गरेको अभियोगमा साँडुभाइ पक्राउ परेका छन् ।
आफ्नै साँडुदाइ नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मान बहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्कीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मान बहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।