२०७७ फागुन १७, साेमबार
०४:३४:२०
काठमाडौं, १५ माघ । हत्यामा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रवीण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगन्ज उपमहानगरपालिका १६ फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ परेका हुन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगन्जमा कार्यरत प्रवीण गत माघ २ गते नेपालगन्जस्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका १९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्युरोले जनाएको छ ।