२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:३८:२५

 

सुदूरपश्चिम अन्तर पालिका स्तरीय भलिबल तथा सांस्कृतिक महोत्सव हुने

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १५, बिहीबार,०६:००:PM  
img-responsive

सुदूरपश्चिम, १५ माघ । चिसापानी एडभेन्चर रिर्सोटद्धारा आयोजना गरिएको सुदूरपश्चिम अन्तर पालिका स्तरीय बिच भलिबल तथा सांस्कृतिक महोत्सव चैत्र १० गतेदेखि १६ गते सम्म हुने भएको छ ।

ऋाज रिपोटर्स क्वल नेपालमा एक कार्यक्रमको आयोजना गरेर कोरोना भाइरसले तहसनहस भएका पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा सांस्कृतिक महोत्सवबाट पुनः जिवित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको एडभेन्चर रिर्सोटका ले जनाएको छ ।

सुदूर पश्चिम प्रदेशमा रहेका ८८ ओटा स्थानीय तहबाट कम्तीमा एक ओटा बिच भलिबल टिमको सहभागितालाई सुनिश्चित गरी ओलम्पिकको बिच भलिबलको नियम र गाइडलाइन अनुसार खेलाइने छ । खेल चैत्र १० देखि चैत्र १६ गते सम्म खेलाइने छ ।

चैत्र १० गते १६ गते विशेष सांस्कृतिक महोत्सव पनि सञ्चालन हुनेछ जसमा   राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति हुनेछ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको कोरोना भाइरसले तहस नसह भएका पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा सांस्कृतिक महोत्सवबाट पुनः जीवित गर्नु हो ।

यस कार्यक्रमले पर्यटन क्षेत्रको पहिचान प्रचारप्रसार तथा प्रवद्र्धन गर्न सहयोग गर्ने छ । यस कार्यक्रमले चिसापानी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने छ र फलस्वरूप यस क्षेत्रका आम नागरिकको आर्थिक समृद्धिमा उल्लेखनीय उपलब्धि हुनेछ ।

चिसापानी एडभेन्चर रिर्सोट नेपालको एक मात्र रिर्सोट स्कुल हो जसले हाल सिटिईभिटीको होटल म्यानेजमेन्टका छोटो अवधिका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस रिर्सोटले बेरोजगार युवालाई सिप सिकाएर रोजगारी प्रदान गर्ने गर्दछ । यसको मूल उद्देश्य भनेको “सीप हातमा , रोजगारी साथमा।"

यो रिर्सोट Adventure Theme मा आधारित छ । नेपालको Geographical diversity / Natural Resouce र Sustainable Tourism लाई केन्द्र बिन्दु राख्दै Business Dermot को सम्बद्र्धन र प्रबद्र्धन गर्ने यस रिर्सोटले लक्ष्य लिएको छ ।

माथि उल्लेखित कुनै पनि सहयोग गर्नुहुने महानुभाव, व्यापारी तथा सङ्घ संस्थाको आवश्यक सूचना प्राप्त भएको खण्डमा कार्यक्रम मार्फत त्यस्ता व्यापारी सङ्घ संस्थाको द्यगकष्लभकक म्भचmयत मा कार्यक्रम विज्ञापन सहजै सूचना प्रकाशित गरिनेछ  ।

यस चिसापानी एडभेन्चर रिर्सोटद्धारा आयोजना गरिएको सुदूर पश्चिम स्तरीय अन्तर पालिका बिच भलिबल तथा सांस्कृतिक महोत्सवमा सहयोग गरिदिन हुन सबै महानुभावहरूलाई हार्दिक अपिल गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit