२०७७ फागुन १७, साेमबार

img-responsive

०२:५९:२५

 

देशभरका स्थानीय तहमा आजदेखि मतदाता नामावली अद्यावधिक गरिदै

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १५, बिहीबार,०७:४२:AM  
img-responsive

काठमाडौं, १५ माघ । आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ ।  देशभरका स्थानीय तहले आजदेखि  मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएका छन् । प्रतिनिधिसभाको विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेका बेला निर्वाचनको भित्रभित्रै तयारी गरिरहेको आयोगले पहिलो कार्यक्रमका रुपमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले जनाएको छ।

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमअनुसार पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने, माघ १६ देखि १८ सम्म त्यसमाथि उजुरी आह्वान गर्ने रहेको छ । त्यस अवधिमा कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, झुटा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा विघटन भएको दिन २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको छ । 

आयोगले माघ २० गतेसम्म मतदाता नामावलीको काम सकाएर माघ २१ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । दाबी विरोधमाथि छानबिन गरेर अन्तिम नामावली तयार गर्न फागुन २१ सम्म लाग्छ ।


 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com