२०७७ फागुन १७, साेमबार

img-responsive

०३:१८:२६

 

चीनमा कोरोना सङ्क्रमित भेटिन थाले

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १५, बिहीबार,०७:२५:AM  
img-responsive

एजेन्सी, १५ माघ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु भेटिन थालेको स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।  हाल भने प्रत्येक दिन जसो संक्रमित भेटिन थालेका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको थियो । गतवर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो ।

यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगिसकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका छन् । यसरी वर्षदिन पुगिसक्दा पनि यस भाइरसको नियन्त्रण हुनसकेको छैन । तर चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने फेरि यसका सङ्क्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार मङगलबार मात्र चीनमा कोरोना भाइरस ७५ जनामा नयाँ सङ्क्रमण देखिएको हो । तीमध्ये थप ५५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु २० वटा नयाँ घटना बाहिरबाट आएका पनि मङ्गलबार यहाँका स्वास्थ्य अधिकारीले दिएको समाचारमा जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com