२०७७ फागुन १७, साेमबार

img-responsive

०४:३९:३८

 

प्रदेश सरकार गठन र संघीयता कार्यान्वयन भएपछि विकासको लहर छायको छ : मन्त्री चौधरी

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७७ माघ १४, बुधबार,०६:५६:PM  
img-responsive

परासी, १४ माघ। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार र संघीयता कार्यान्वयन भएपछि विकासको लहर छायको बताएका छन् ।आज पश्चिम नवलपरासीको श्री लौकेश्वर सिंचाई योजना सुनवलको पुननिर्माण कार्यको शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन । विगतमा रहेका पुराना संरचनाहरु जीर्ण भएको हुँदा अगामी दिनमा  आधुनिक वैज्ञानिक रूपमा बढाए मात्र जनताको समस्या समाधान हुने बताए ।

लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका चौधरीले आफू प्रदेश सरकार मन्त्री भएपछि पश्चिम  नवलपरासी खोलाहरूमा पुल र गाउँ-गाउँमा सडक सञ्जाल निर्माण सुरु गरेको दाबी गरे । मन्त्री चौधरीले प्रदेश सरकार गठन भएपछि  प्रदेशका १२ वटा जिल्लामा विकास निर्माणमा गति लिएको बताए।  विकास निर्माण गति लिएपछि जनताले संघीयता कार्यान्वयन अनुभूति गरिरहेको मन्त्री चौधरीको भनाई थियो । लौकेश्वर सिंचाई योजना निर्माण सम्पन्न भएपछि ७२० हेक्टरमा यस क्षेत्रका किसानहरू कृषि पेसामा सिंचाई सुविधा पाउने मन्त्री चौधरीले बताए । सिँचाइको सुविधा पुर्‍याई दिगो व्यवस्थापन गर्न उपयुक्त हुनेगरी उत्पादक कृषिमार्फत आर्थिक समृद्ध हासिल गर्न निम्ति ५२१  ठुला सिंचाई योजनाहरू सञ्चालन आएको बताए । नवलपरासीमा ठुला-ठुला पुलहरू निर्माण गर्नको निम्ति प्रदेश सरकारले अर्बको बजेट विनियोजन गरेको बताउँदै अब केही दिनमा ती सबै पुलहरू शिलान्यास हुने भएको बताए । लौकेश्वर सिंचाई योजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि ७१२ हेक्टरमा कृषकहरू सिंचाई सुविधा पाउने भएका छन् । सुनवलको वडा नं. ४,१० रामग्रामका १४ र १८ वडाका कृषकहरू लाभान्वित हुने भएका छन् । प्रदेश सरकारले जलस्रोत तथा सिंचाई विकास डिभिजन मार्फत लौकेश्वर सिंचाई योजना निर्माण गर्न २५ करोड ७४ लाख ७६ हजारमा ठेक्का मार्चवर चण्डी जेभी सिद्धार्थनगर रुपन्देही, बाबुल समिर जेभी भैरहवा र प्रकृतिक निर्माण सेवा सिद्धार्थनगरलाई दिएको जलस्रोत तथा सिचाई विकास डिभिजनका प्रमुख ध्रुव पौडेलले जानकारी दिए ।

श्री लौकेश्वर सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष शिवशंकर थारुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद बैजनाथ जैसवाल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सुनवल नगरपालिकाको नगरप्रमुख दधिराम अर्याल र मन्त्रीका स्वकीय सचिव राजन आचार्यले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com