२०७७ फागुन १७, साेमबार

img-responsive

०३:१०:५६

 

भोजपुरका एक हजार बढीले कोभिड–१९ को खोप पाउने

गोठालो खबर
वाई राज विष्ट , २०७७ माघ १४, बुधबार,०६:३३:PM  
img-responsive

भोजपुर, १४ माघ । भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन् । आजबाट सुरु भएको कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी  सुरेन्द्र भण्डारीले जानकारी दिए ।

आज अभियानको पहिलो दिन जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायत गरी १२८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।  खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसंगै मात्रा पुरा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।   कोभिसिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सरफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ । 

आज प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पताल भोजपुरका डाक्टर पवित्रा श्रेष्ठलाई खोप कार्ड हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका हुन् । अभियान १० दिन अर्थात २३ गतेसम्म चल्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com