२०७७ फागुन १७, साेमबार

img-responsive

०३:५७:०७

 

सनराइज बैंकको ९४ करोड ९४ लाख नाफा

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १४, बुधबार,०६:१४:PM  
img-responsive

कठमाडौं, १४ माघ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा केही नाफा कमाएको छ । वित्तीय विवरण अनुसार बैकले ९४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको हो । यो गएको आवको उक्त अवधिको तुलनामा ०.५३ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष यो अवधिमा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार भएको हो । हालसम्म बैकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोडमा सीमित भएको छ भने सञ्चालन नाफा ०.८३ प्रतिशत वृद्धि भई १ अर्ब ३५ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, शेयर धनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ र ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ बैंकको चुक्ता पुँजी रहेको छ । पछिल्लो त्रैमाससम्ममा निक्षेप २.४२ प्रतिशत वृद्धि भई ९२ अर्ब ४० करोड रुपैयाँ र ऋण ७.३४ प्रतिशत वृद्धि भई ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com