२०७७ फागुन १७, साेमबार

img-responsive

०३:१६:४२

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर शुक्रबार बाँडफाँड हुने निश्चित - ५० कित्ता सबैले पाउने , अधिकतम ६० कित्ता सम्म

गोठालो खबर
गोठालो खबर -२ २०७७ माघ १४, बुधबार,०६:१३:PM  
img-responsive

काठमाण्डौ , माघ १४। इतिहासकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर शुक्रबार बाँडफाँड हुने निश्चित भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले आज प्रि - अलोटमेन्टको काम सकेर धितोपत्र बोर्डमा विवरण बुझाएपछि शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड हुने भएको छ ।

एनआईबिएल एस क्यापिटल सेयर निष्काशन तथा बिक्री प्रवन्धक रहेको  बैंकले कुल ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको थियो । लगानी गर्न इच्छुक आवेदकहरुले छिटोमा माघ २ गतेदेखि माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन समय तोकिएको थियो । 

बैंकको आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका थियो। शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउने र ५० कित्ता सम्म माग गर्नेलाई वितरण गरि बाँकी रहेको शेयर गोला प्रथा गरि थप १० कित्ता थप भई अधिकतम ६० कित्ता सम्म शेयर पाउने सम्भावना रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ । इक्रा नेपालले इन्फ्रास्ट्रक्चर बैंकलाई ‘इक्राएनपी आइआर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्था भनेर जनाउछ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com