२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:४५:५९

 

‘ब्रोडकास्टिङ’ विधिबाट भोजपुरमा पहिलो पटक खयर रोपियो 

img-responsive
वाई राज विष्ट , २०७७ असार २८, आइतबार ,१०:४९:PM  
img-responsive

भोजपुर, २८ असार । 
भोजपुरको अरुण गाउँपालिकामा ब्रोडकास्टिङ विधिबाट खयर काठको बिउ छरिएको छ । यो विधिबाट कार्यक्रम नै बनाएर भोजपुरमा पहिलो पटक खयर रोपिएको हो ।

 
सुख्खा ठाउँमा अन्य प्रजातिका विरुवा नबाँच्ने तथा खयरबाट लामो समय सम्म आम्दानी लिन सकिने भएपछि तल्लो भेगका सुख्खाग्रस्थ क्षेत्रमा खयरको विउ छरिएको हो । डिभिजन बन कार्यालयले ब्रोडकास्टिङ विधिबाट अरुण गाउँपालिका –७  सिक्रेटारमा १० हेक्टर क्षेत्रफमा खयरको नर्शरीसंगै खाल्डो खनेर विरुवा रोपिएको हो । 
प्रदेश सरकारको वन विकास कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयको रु. १० लाख लागतमा खयरको बृक्षरोपन गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख फडिन्द्र प्रसाद पोखरेलले भने,‘ नेपालमा कार्यक्रम नै तयार गरेर खयरको बिउ छरेको भोजपुर पहिलो जिल्ला हो, गत वर्ष हामीले आमचोक गाउँपालिकामा पनि यसरी नै बिउ छरेर खयर रोपेको थियौ, त्यहाँ सफल भएपछि यस वर्ष यहाँको १० हेक्टर क्षेत्रफलमा ब्रोडकास्टिङ विधिबाट खयर छरेका हौ ।’


बृक्षरोपन कार्यक्रमले आर्थिकसंगै भू–क्षय रोक्न समेत सहयोग पुग्ने सरोकारवाला पक्षले बताएका छन् । यसको संरक्षणमा भने स्थानीयले ध्यान दिनु पर्ने उनिहरुको भनाई छ । यसले अरुण गाउँपालिको मात्र नभएर राष्ट्रकै आर्थिक उन्नतीमा सहयोग पुग्ने सरोकारवाला पक्षले बताउने गरेका छन् । 
सुख्खाग्रस्थ क्षेत्रको पहिचान गरेर बन कार्यालयले ब्रोडकाष्टिङ विधिबाट खयर रोप्नमा सहयोग गरेकोले यसको संरक्षणमा ध्यान दिईने गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बताइन् । उपाध्यक्ष ढकालले भनिन्,‘हाम्रो गाउँपालिका रहेको क्षेत्रलाई छनौट गरेर वन कार्यालयले गरेको काम निकै उपयोगी छ, यसको संरक्षणको लागि हाम्रो तहबाट पहल गर्छौ, यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने आशा गरेका छौ ।’
अन्य विरुवाले भन्दा कम मेहेनतमै खयरबाट राम्रो आम्दानी लिन सकिने भएकाले वडामा खयरको वृक्षरोपनलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ । वडामा  धेरै सुख्खाग्रस्थ क्षेत्र भएकोले स्थानीयको माग अनुसार प्रयोग विहिन जमिनमा खयर रोपिएको अरुण गाउँपालिका–७ का वडाध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । वडाध्यक्ष अधिकारीले भने,‘ हाम्रो वडामा धेरै मात्रामा खयरको काठ उत्पादन हुन्छ, यसबाट आम्दानी पनि राम्रो छ, तर काठ काटेपछि वृक्षरोपन गर्ने चलनमा कमि आएपछि वन कार्यालयसंग सहकार्य गरेर बृहत रुपमा खयर रोपेका हौ, आगामी दिनमा अन्य सुख्खाग्रस्त क्षेत्रमा पनि रोप्ने योजना छ ।’


वडाको पहलमा डिभिजन वन कार्यालय गरेको कामको स्थानियले प्रशंसा गरेका छन् । यस्ता कार्यक्रमले जिविकोपार्जनमा सहजता हुने स्थानीयको भनाइ छ । स्थानीय बिमल खड्काले भने,‘ वडा कार्यालयको पहलमा भएको यो काम निकै राम्रो छ, प्रयोग विहिन जमिनमा खयर रोप्दा वातावरणमा राम्रो हुन्छ, भने यसलाई प्रक्रिया पु¥याएर बिक्री गर्दा आम्दानी पनि हुन्छ, यसले जिविकोपार्जनमा सहयोग पुग्छ ।’
बाह्य बजारमा समेत खयर काठको राम्रो माग रहेको साथै यसबाट राम्रो आम्दानी हुने भएपछि स्थानीयमा खयर प्रतिको मोह बढ्दै गएको छ । सो क्षेत्रका स्थानीयले प्रक्रिया अनुसार सामुदायिक वनको खयर काठ बेचेर सडक समेत निर्माण गरेको बताएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com