२०७७ फागुन १७, साेमबार

img-responsive

०३:०१:५५

 

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ माघ २३ गतेदेखि सर्वसाधारणलाई बिक्री खुल्ला

गोठालो खबर
गोठालो खबर -२ २०७७ माघ ११, आइतबार ,०९:३३:AM  
img-responsive

काठमाण्डौ। ग्रीनलाइफ हाइड्रोपावरले आउदो माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता सेयर मूल्य १ सय रहेको जनाएको छ ।

कम्पनीले ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीहरु र १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको छ। दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परि बाँकी रहेको कुल १६ लाख ९६ हजार ४०० कित्ता नबिकेको सेयर पनि समायोजन गरि कम्पनीले सेयर निष्काशन गरेको हो। । 

कम्पनीको आइपिओमा छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीले आइपिओ बिक्रि गर्न बीओके क्यपिटललाई बिक्री प्रबन्धक तोकेको छ। 

इच्छुक सर्वसाधारणले, मेरो सेयर तथा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com