२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:३४:५२

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ माघ १०, शनिबार,०९:३३:PM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) विश्वको दोस्रो अग्लो केटु हिमाल पहिलो पटक हिउँदयाममा आरोहण गरि नेपाली टोलीले कहिले विश्व किर्तीमानी राखे ?

  • विःसं २०७७ माघ ३ (सन् २०२१ जनवरी १६)

        यसको उचाई – ८६११ मिटर रहेको छ , पाकिस्तान र चिनको सीमानामा पर्ने यो हिमाल काराकोरम हिम श्रृंखलामा पर्दछ ,

२) दश लाख डोज (कोभिशील्ड)  नाम गरेको कोभिड — १९ भ्याक्सिन भारत सरकारले उपहार स्वरुप नेपाललाई कहिले हस्तानतरण गर्यो ?

  • विःसं २०७७ माघ ८ मा

३) अमेरिकाको ४६ औँ राष्ट्रपमा विजयी भएका जो वाइडेनले कहिले आफ्नो पदभार समाले ?

  • सन् २०२१ जनवरी २० 

४) सार्क कृषी सूचना केन्द्र कहा रहेको छ ?

  • ढाका बङ्गलादेश, सार्क सूचना केन्द्र नेपालमा रहेको छ

५) नेपालको शिक्षा प्रणालीमा आधारभूत तह भन्नाले कुन हो ?

  • कक्षा १ देखि ८ सम्म 

६) विःसं २०१५ सालको निर्वाचनमा कति रानीतिक दलले भाग लिएका थिए ?

  • ९ दल

७) मध्यपहाडी लोक मार्गको सबै भन्दा लामो भाग कुन जिल्लामा पर्छ ?

  • बागलुङ ( १३७ किलो मिटर ) 

८) सरकारले कुन अबधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?

  • सन् २०२५ सम्ममा 

९) नेपालको वर्तमान संविधानको कुन धारामा “अदालत” सम्बन्धी ब्यबस्था गरेको छ ?

  • धारा १२७ 

१०) ब्यासी जातीले लगाउने पोसाकलाई के भनिन्छ ?

  • चुङ्वाला 

११) थामी जातीको इस्ट देवतालाई के भनिन्छ ?

  • विश्वकर्मा 

११) नेपालमा बराबर क्षेत्रफल भएका गाउँपालिका कुन – कुन हुन ?

  • चम्पादेवी र चिसंखुगढी गाउँपालिका  ( १२६ बर्ग किलोमिटर ) ओखलढुंगा,

१२) आसियानका अंगहरु कति रहेका छन ?

  • ३ अंगहरु

१३) रोमको सभ्यता कहाँ विकाश भएको हो ?

  • टाइबर नदिको किनारमा 

१४) ओजन तह कसले पत्ता लगाएका हुन ?

  • जे.सी. फारम्यान 

१५) उत्तर अमेरिकाको घाँसे मैदानलाई के भनिन्छ ?

  • प्रेयरी 

१६) नेपालमा पञ्चायती ब्यबस्था कति वर्ष सम्म रहयो ?

  • ३० वर्ष 

१७) थापाथली सन्धि कहिले भएको हो ?

  • विःसं १९११ 

१८) अकुपञ्चर विधिको थालनी कुन देश बाट भएको हो ?

  • चिन 

१९) महाभारतको प्रारम्भिक नाम के थियो ?

  • जयसंहिता 

२०) नेपाल भारत संयुक्त सैन्य अभ्यासको नाम के राखिएको छ ?

  • सुर्यकिरण, ( नेपाल चिन संयुक्त सैन्य अभ्यासको नाम – सगरमाथा फे्रन्सिप राखिएको छ ) 

                                              समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com