२०७७ फागुन १७, साेमबार

img-responsive

०४:२१:५९

 

शाहरुख खानको फिल्म ‘पठान’ को निर्देशकले थप्पड खाएपछि...

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ९, शुक्रबार,०७:२२:PM  
img-responsive

एजेन्सी, ९ माघ । शाहरुख खानको फिल्म ‘पठान’ पछिल्लो समयदेखि चर्चामा छ । फिल्मकोे सुर्टिङको क्रममा झडप भएको समाचार आएको छ । समाचार अनुसार, फिल्मका निर्देशक सिद्वार्थ आनन्दलाई असिस्टेन्ट निर्देशकले थप्पड हानेका छन् । निर्देशक आनन्दको कुरा नमानेपछि विवाद सुरु भई कुटपिटसम्म पुगेको एक स्रोतले जनाएको छ ।

सुर्टिङ हुँदा हुँदै एक्कासी कुटाकुट भएपछि सेटमा भएका सबैजना डराइरहेका थिए ।  रिपोर्ट अनुसार आनन्द सुर्टिङको क्रममा धेरै रिसाएका थिए । आनन्द असिस्टेन्टको कामदेखि खुशी थिएनन् । उनले शुर्टिङको समयमा कसैले फोनको प्रयोग नगरुन भन्ने चाहान्थे । तर असिस्टेन्टले उनको कुरालाई ध्यान नै दिएका थिएनन् । यसपछि आनन्द र असिस्टेन्टबीच ठुलो स्वरमा भनाभन भएको थियो ।

भनाभनबाट सुरु भएको विवाद कुटपिटमा पुगेर रोकिएको थियो । असिस्टेन्टले लगातार आनन्दमाथि नराम्रा आरोप लगाएका थिए । आफुमाथि विभिन्न आरोप लगाएपछि आनन्द उठेर असिस्टेन्टमाथि झापड हाने । असिस्टेन्टले पनि तुरुन्तै आनन्दलाई झापड हानेर जवाफ फर्काएका थिए ।

भोलीपल्ट मात्रै शुर्टिङ सुरु भएपनि असिस्टेन्टलाई भने तुरुन्त कामबाट निकालेको जनाएको छ । यस फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको लिड रोल रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com