२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:१०:३१

 

नयाँ ३०२ संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार पुग्यो

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ९, शुक्रबार,०७:०२:PM  
img-responsive


काठमाडौं,  ९ माघ । नेपालमा कोरोना भाइरसका आज  ३ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ८० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६३ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म २० लाख ३५ हजार ३ सय १ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com