२०७७ फागुन १७, साेमबार

img-responsive

०४:१९:०५

 

वडाध्यक्षको विरोध जुलुसमा डिजे बाजा र विद्यालय पढ्ने बालबालिकाको प्रयोग 

गोठालो खबर
बलिराम यादव , २०७७ माघ ९, शुक्रबार,०२:३०:PM  
img-responsive

वीरगन्ज, ०९ माघ । पर्साको पोखरिया नगरपालिकामा नेपाली काँग्रेसले बिहीबार गरेको प्रदर्शनमा बालबालिकालाई सहभागी गराएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।

नेपाली काँग्रेसको पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिकाको वडा नं. ८ जगरतपुरमा भएको वडा स्तरिय विरोध प्रदर्शनमा विद्यालय पढ्ने उमेरका बालबालिका सहभागी गराएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको हो ।

यसका साथै डिजे बाजा र अश्लील गीत बजाएर गरिएको विरोध प्रदर्शन गर्ने शैलीको पनि आलोचना भएको छ । वडाध्यक्ष किशोरी साहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा अधिकांश विद्यालय पढ्ने बालबालिका कै सहभागिता रहेको थियो ।

हुन त त्यो बालबालिकाहरू बाजा र सात सहेलिया (लवन्डा) नाच पनि हेर्न बाजासहितको गाडीको पछि लागेको हुन सक्छन् । तर ती बालबालिकाहरूले नेपाली काँग्रेसको झन्डा लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com