२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:५५:१०

 

पर्सामा शितलहरको कारण विद्यालय बन्द; दैनिक काम गरेर छाक टार्ने मजदुर मारमा, दुर्घटनाको जोखिम समेत बढ्यो

गोठालो खबर
बलिराम यादव , २०७७ माघ ८, बिहीबार,०१:१५:PM  
img-responsive

 वीरगंज, ०८ माघ। हुस्सु र शितहलरले बढ्दै गरेको चिसोको कारण पर्साका विद्यालयहरू बन्द भएका छन् । मध्य तराईसहित पर्सामा केही दिनदेखि एक्कासि बढेको चिसोको कारण पर्साका विद्यालयहरू बन्द भएको हो ।

चिसो हावासंगै बढ्दै गरेको हुस्सु र शितलहरले जनजीवन प्रभावित भएपछि पर्साका अधिकांश पालिकाले विद्यालय बन्द गरेका छन् । निरन्तर रूपमा चिसो घट्ने क्रम नरोकिएपछिब यसलाई मध्यनजर गर्दै पर्साको सखुवा प्रसौनी गाउँपालिमा माघ ७ गतेदेखि १० गते सम्मको लागि सबै विद्यालयलाई बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले जानकारी दिए । उनले माघ ११ गते आईबार देखि सबै विद्यालय पुनः सञ्चालन हुने जानकारी गराए ।

अत्यधिक चिसोको कारण विद्यालयहरूको स्वास्थ्यमा पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै विन्दवासिनी गाउँपालिकाले पनि माघ ७ देखी ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको गाउँपालिका शिक्षा समितिले सूचना निकालेको छ । नेपाल शिक्षक महासंघ विन्दवासिनी र विन्दवासिनी गाउँपालिकाबिच छलफल भई सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूको पठनपाठन पुनः दुई दिन बन्द गर्ने जानकारी गराइएको छ । यस्तै बहुदरमाई नगरपालिकाले पनि चिसोको कारण छात्रछात्रामा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखी माघ ७ देखी ९ गतेसम्म तीन वटा विद्यालय मात्रै बन्द रहने सूचना सार्वजनिक गरेको छ ।

दैनिक कम गरेर छाक तार्ने मजदुरहरु शितलहरको कारण मारमा परेका छन्। चिसो बढेसंगै दैनिक ज्यालादारी गरी खाने बारा, पर्साका मजदुरहरुलाई संकट परेको हो। पर्साको सदरमुकाम वीरगंज सहरमा दैनिक हजारौंको संख्यामा काम गर्न आउने कामदारसमेत शितलहर र चिसोका कारण मारमा परेका हुन् ।

चिसो बढे संगै औद्योगिक नगरी वीरगंज क्षेत्रमा मानिसको चहलपहल घटेको छ । पर्साको ग्रामीण भेगबाट हजारौँको संख्यामा दैनिक मजदुरी गर्न वीरगंज आउने मजदुर पनि प्रभावित भई उनीहरूको संख्यामा कमी आएको छ । निरन्तर यसरी नै कुहिरो बढ्दै गयो भने दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारलाई दैनिक छाक टार्न आउने समस्याले मजदुरहरू झन् चिन्तित देखिएका छन् । दुर्घटनाको जोखिम बढ्यो अत्यधिक कुहिरोले गर्दा २५-३० मिटर पर सम्म नदेखिने समस्या भएको छ । जसले सवारी साधन आवतजावतमा पनि कमी आएको छ र केही सवारी साधनहरू भने दिउसै बत्ति बालेर चलिरहेका छन् । सवारी साधनहरु दिउसै बत्ति बालेर चलाए पनि पूर्वपश्चिम राजमार्गमा कुहिरोले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हुस्सु र शितलहरले हुने जोखिमबाट बँचाउन विपत् व्यवस्थापन समिति नै सक्रिय हुन आवश्यक देखिए पनि त्यसतर्फ ठोस् कदम चालेको नदेखिएको बुद्धिजिवीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit