२०७७ फागुन १६, आइतबार
०२:५२:०३
तनहुँ, ६ माघ । श्री महादेव–चामुण्डा माई युवा क्लबले प्रथम सिमल्टार कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । माघ १६ गतेबाट २० गतेसम्म प्रथम सिमल्टार कप बन्दिपुर–२ सिमल्टारमा हुने भएको हो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई २५ हजार रुपैयाँ, त्यस्तै बेस्ट प्लेयर, हाइयस्ट स्कोर, बेस्ट किप्पर र अनुशासित टिमलाई समेत नगद तथा ट्रफिको व्यवस्था गरेको क्बबका अध्यक्ष राजु पौडेलले बताए । क्लबले फुटबल प्रतियोगीतामा सहभागी हुन र कुनै जिज्ञासा भएमा क्वबका सचिव चन्द्र बहादुर कार्की र आदेशलाई सम्र्पक गर्न आग्रह गरेको छ ।
उक्त सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी हुन सबै खेलाडीहरुलाई क्बलले आग्रह गरेको छ । नेपाली कांग्रेसका विदेश विभाग प्रमुख तथा केन्द्रिय सदस्य गोविन्द भट्टराईले कार्यक्रम समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिव कार्कीले बताए ।