२०७७ फागुन १७, साेमबार

img-responsive

०२:५३:१३

 

प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरुद्ध रौतहट लगायत देशभरको ७५३ स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

गोठालो खबर
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ माघ ३, शनिबार,०९:२५:PM  
img-responsive

रौतहट, ०३  माघ। आज शनिवार प्रधानमन्त्री केपी केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली काँग्रेसले रौतहटको ईशनाथ नगरपालिका लगायत देशको ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको छ । सोही अनुरूप रौतहटको ईशनाथ नगरपालिकाको औरैयाको ईशनाथमा पनि विरोध प्रदर्शन गरिएको हो।

सयौँ काँग्रेसका कार्यकर्ताहरुले ईशनाथको औरैयामा, केपी ओलीको गैरसवैधानिक कदमको विरुद्द नाराका साथ ईशनाथ नगरपालिकाको नगरको परिक्रमा गरेका थिए । सो विरोध प्रदर्शनमा नेपाली कांग्रेस क्षेत्र नं २ क का प्रदेश सांसद नागेन्द्र सिंह, तराई मधेस समन्वय केन्द्रीय सदस्य श्रीमती अन्जु झा, कौसल्या देवी, नगर सभापति सिवजी कुशवहा, लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उनीहरूले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको बताउँदै संसद विघटन देश र जनताको लागि घातक सिद्ध हुने श्रीमती अन्जु झाले दाबी गरेकी थिए । प्रधानमन्त्री ओलीको यस कदमले संघीयता धरापमा पारेको र यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकोले नेपाली काँग्रेस त्यस विरुद्ध आन्दोलनमा उत्रेको नेपाली काँग्रेसको तराई मधेस समन्वय केन्द्रीय सदस्य श्रीमती अन्जु झाले जनाएकी छिन।

नेपाली काँग्रेसले आज देशका ७५३ नगर वटैमा स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com