२०७७ फागुन १७, साेमबार

img-responsive

०३:०८:५४

 

राष्ट्रपति दायित्वबाट चुकेको प्रकाशमान सिंहको आरोप 

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०४:१८:PM  
img-responsive

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटन विरूद्द शनिवार वसन्तपुरमा आयोजित सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे । उनले राष्ट्रपति,प्रधानमन्त्री, सांसद सबैले विधानको पालना गर्नुपर्ने बताए ।  मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?

नेता सिंहले भने,  कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो ।  उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो । 

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल,झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com