२०७७ फागुन १३, बिहीबार
१०:१३:०९
लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा
१) सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरूलाई डिजिटलाईज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम सञ्चालनमा ल्याएको एपको नाम के हो ?
२) नेपालमा राष्ट्रिय “भक्का/भक्का” दिवस कहिले मनाइन्छ ?
के हो ? भक्का ?— विशेष गरी पूर्वी नेपालका राजवंशी समुदायले चामलको पिठो बाट बनाउने परम्परागत परिकार ।
३) हेलसिन्की पासपोर्ट इन्डेक्स २०२१ अनुसार विश्वका शक्तिशालि पासपोर्ट हरूको सूचीमा नेपाल कतिऔँ स्थानमा पर्छ ?
४) विश्व बैङ्कले हालसालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार आव ०७७/७८ मा नेपालको आर्थिक वृद्धि कति हुने प्रक्षेपण गरेको छ ?
५) बहु चर्चित पूर्व पश्चिम निर्माण हुने विद्युतीय रेल मार्गको लम्बाई कति रहेको छ ?
६) क्षेत्रफलका हिसाबले सबै भन्दा सानो गाउँपालिका कुन हो ?
७) मोहनतिर्थका नामले चिनिने नेपालको धार्मिक क्षेत्र कुन हो ?
८) टेलिफोनको आविष्कार कसले गरेका हुन ?
९) नेपालको वर्तमान संविधानको कुन धारामा “विशिष्टीकृत” अदालत सम्बन्धी व्यवस्था रहेको छ ?
१०) नेपालमा कृषि गणना कति कति वर्षमा गरिन्छ ?
११) सार्क मुलुक मध्ये कति देशमा नेपालको राजदूतावास छैन ?
१२) निर्माणाधीन धरहराका हालका डिजाइनर को हुन ?
१३) Landscape ecology को अवधारणा ल्याउने वैज्ञानिक को हुन ?
१४) हाल निजामती कर्मचारीले आफ्नो सेवा अवधिभरमा कति समय असाधारण बिदा लिन पाउँछन् ?
१५) अधिक वर्ष (Leap year) को अवधारणा कसले ल्याएका हुन ?
१६) CITES कहिले देखि विश्वभर लागु भएको हो ?
१७) म्याग्नाकार्टामा कहिले हस्ताक्षर भएको थियो ?
१८) “तमु” ल्होसार गुरुङ समुदायले मनाउँछन् भने सोनाम ल्होसार कसले मनाउँछन् ?
१९) २९९ औँ पृथ्वी जयन्ती कहिले मनाइयो ?
२०) नेपालमा हाल कति हिमाली जिल्ला रहेका छन्
समाप्त