२०७७ फागुन १७, साेमबार

img-responsive

०४:०९:३५

 

रौतहटमा कोभिड–१९ बाट प्रभावित महिला तथा विपन्न समुदायलाई पुन: राहत वितरण

गोठालो खबर
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ माघ ३, शनिबार,०८:४६:AM  
img-responsive

रौतहट, ०३ माघ । रौतहटको राजपुर नगरपालिकामा राहत सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित महिला तथा विपन्न समुदायहरूको लागि सहयोगार्थ राहत सामग्री उपलब्ध गराइएको हो ।

रौतहटको राजपुर नगरपालिका वडा नं. ४ र वडा नं. ५ मा रहेको कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित महिला तथा विपन्न समुदायका २४३ जनालाई सो राहत सामग्री वितरण गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक अन्जु झाले बताइन् ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा समस्या परेका घर परिवारहरूलाई शुक्रबार राहत स्वरूप सहयोग गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक झाले बताईन् । राहत सामग्री पाएका सबै जनालाई आर्थिक रूपले उन्नति तथा प्रगतिको लागि यस संस्था मार्फत विभिन्न सिपमूलक तालिम दिइने बताए ।

युएन वुमनको सहयोग र मान्डवी संस्थाको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाको राजपुर नगरपालिकामा रहेको श्री जनता प्राथमिक विद्यालयमा सो राहत सामाग्री वितरण गरेको मान्डवी संस्थाका प्रोग्राम संयोजक संजय सहनीले रौतहट एक्सप्रेस अनलाइनलाई बताए । राहत सामाग्रीमा चामल ३० केजी, दाल ३ केजी, खाने तेल २ केजी, चना १ केजी, नुन १ केजी, चिनी १ केजी, एल.पी.जी. ग्यास चुल्हो १ थान, ग्यास सिलिण्डर १ थान, स्वच्छताका सामाग्रीहरू नुहाउने साबुन ६ वटा र सर्फ १ केजी वितरण गरिएका मान्डवी संस्थाका प्रोग्राम सयोजकले सहनीले बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकार ईन्द्रदेव यादव, राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल, राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, विभिन्न मिडियाका पत्रकारहरू रोहवरमा सो राहत सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com