२०७७ फागुन १७, साेमबार

img-responsive

०४:३५:३३

 

नेपालमा पहिलो पटक खोप प्रयोगको अनुमति

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०८:४३:AM  
img-responsive

काठमाडौं, ३ माघ । औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको छ। यो खोप भारतमा शनिबार लगाउन सुरु गरिँदै छ। अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो भएको छ। 

‘नेपालको लागि अनुमति पाएको यो पहिलो खोप हो। यससँगै प्रयोग गर्ने बाटो खुलेको छ। यो खोप नेपालमा भण्डारण गर्न उपयुक्त रहेको जनाइएको छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। यस्तै, झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार नेपालमा २ देखि ८ डिग्री र माइनस २० डिग्रीमा भण्डारण हुने खोपका लागि पूर्वाधार व्यवस्था छ। अहिलेको खोपलाई आपत्कालीन प्रयोगका लागि अस्थायी अनुमति दिइएकाले ससर्त भनिएको शाखा प्रमुख डा। गौतमले बताए।
मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरी प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ। 

मन्त्रालयले एउटै मुलुक वा कम्पनीबाट मात्र खोप ल्याउने योजना नरहेको जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com