२०७७ फागुन १७, साेमबार
०३:५८:१८
काठमाडौं, १ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अहिलेसम्मकै ठुलो आईपीओ भोलीबाट बिक्रि खुला हुने भएको छ । हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ माघ २ गतेबाट बिक्रि गर्ने लागेको बैंकले जनाएको छ । कुल ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ । लगानी गर्न इच्छुक आवेदकहरुले छिटोमा माघ २ गतेदेखि माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
इक्रा नेपालले इन्फ्रास्ट्रक्चर बैंकलाई ‘इक्राएनपी आइआर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्था भनेर जनाउछ।
कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।