२०७७ माघ १२, साेमबार

img-responsive

०९:५७:४४

 

"फुटवेयर विजनेश एक्स्पो २०७७" मा फ्याक्ट्री मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रि वितरण

गोठालो खबर
गोठालो खबर -२ २०७७ पुस २९, बुधबार,०९:१९:PM  
img-responsive

काठमाण्डौ , पुष २९। काठमाडौंको भृकुटीमण्डपमा ‘फुटवेयर विजनेश एक्स्पो २०७७ ’ शुरु भएको छ। नेपालमा प्रचलित ख्यातिप्राप्त नयाँ नयाँ डिजाइन तथा ८ वटा ब्राण्डका जुत्ताचप्पलको मेला हिजो पौष २८ गतेबाट शुरु भएको हो।  

फुटवेयर विजनेश एक्स्पोमा आउने ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्डका रुपमा निःशुल्क मास्क उपलब्ध गराउनुको साथै प्रवेशद्धारमा नै स्यानिटाइजर र ज्वरो नापिने व्यवस्था गरिएको छ। कोभिड -१९ को महामारिपछि ग्राहकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अपत्यारिलो तर उच्च गुणस्तरीय हजारभन्दा बढि डिजाइनका आकर्षक र नयाँ नयाँ  जुत्ताचप्पलहरु न्यून मूल्यमा उपलब्ध गराइएको छ ।

नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गरुन भन्ने उदेश्यले उत्पादन मूल्य वा फ्याक्ट्री मुल्यभन्दा कम पैसामा एकै छानामुनी नेपालका प्रख्यात ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु छानीछानी बिक्रि गर्न राखिएको मेलाका आयोजक जीवन श्रेष्ठले बताउनु भएको छ। 

पछिल्लो समय अन्तरास्ट्रिय ब्रान्डका जुत्ताचप्पल भन्दा नेपाली ब्रान्डका जुत्ताचप्पल हरु बजारमा ज्यादा बिक्रि भईरहेको छ। मूल्य पनि थोरै र गुणस्तरीय पनि भएकोले नेपाली ब्रान्डले ग्राहकहरु समक्ष आफ्नो विश्वास कायम राखेको छ।

एक्स्फोमा ब्याम्बो सुज ,भेनस सुज, केटिएम सुज, पीजी सुज, फुटस्टेप सुज, बोस सुज, रन सुज र सुज ल्याण्ड ब्राण्डका हरेक डिजाइनका जुत्ताचप्पल राखिएका छन् र प्रत्येकमा ६ महिनाको वारेण्टी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com