२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:२१:२३

 

नेपाल संग डरायो भारतीय टिभी च्यानल

img-responsive
गोठालो खबर -२ २०७७ असार २७, शनिबार,०४:३८:PM  
img-responsive

२७ असार २०७७। नेपालमा भारतीय टिभी च्यानलहरु  बन्द गरेपछि भारतीय टिभी च्यानल डराएका छन। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राजदूत  याङ्कि की बारे बनाएको "ओली कि इश्किया " नामक आपत्तिजनक भिडिओ रिपोर्ट जी न्यूज़ ले प्रशारण गरेपछि नेपालमा भारतीय टिभी च्यानलहरु बन्द गरिएको थियो। 

नेपाल बाट  हेर्नेको संख्यामा गिरावट आएर लगातार च्यानल हरुको टिआरपी खस्किदै गएपछिं भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ। एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भूलवस  केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रसारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ--जी न्यूज  झारखण्ड  ।’

त्यस्तै जी न्यूज सम्बाददाता सुधिर चौधरी ले पनि माफी मागेका छन। नेपाल र नेपालीको बारेमा बिबादास्पद अभिव्यक्ति दिएपछि सबैको आलोचना को शिकार भएर उनले नेपाल संग माफी मागेका हुन्। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com