२०७७ माघ १२, साेमबार

img-responsive

०९:५४:५९

 

कविता : कविताको गाउँ

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस २९, बुधबार,०९:२१:AM  
img-responsive

कविताको गाउँ
-खगेन्द्र खड्का

मैले हरेक दिन 
अतीतको बार्दलीमा बसेर 
अक्षरको भुटनसित
कविताको रक्सी पिउनु पर्छ 
कविताको चुरोट पिउनुपर्छ । 

म हरेक जसो 
घाम बाजे घर नफर्कँदै 
हृदयको कन्ट्रोल रुममा
आलुजस्तै उसिनेर मनहरू
मकैजस्तै छोडाएर मनहरू
सुटुक्क पस्छु अक्षरहरूको भट्टी
र पिउँछु, कविताको मिठो हरफ । 

ए साला कवि भनाउदाहरु हो 
पठाइदेऊ है यतातिर पनि 
दुई चार ढाकर कविताहरू
म कविता खान नपाएर घाइते बाघ भएको छु । 

हुन पनि यो नाथे पहाडमा 
के नै छ र आउनु 
भए पनि जाबो आमाले काखीमा नानी च्यापे झैँ 
सुनाखरी च्यापेर बसेका बूढा रुखहरू छन् 
यौवनमै सेता टाला बेरेका विधवा गीतहरू छन् 
र छन्, रमाइलो यात्रामा हिँडेका तरुनी खोलाहरू । 

(भोजपुर)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com