२०७७ माघ १२, साेमबार
११:१३:४८
परासी, २८ पुस । माधव –प्रचण्ड समूहका नेतृ तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले ससंद विघटन गरेर संविधानको चीरहरण गरेको आरोप लगाएकी छिन् । उनले प्रधानमन्त्रीले सांसद विघटन गरेर देशलाई दुर्घटना तर्फ धाकलेको समेत बताएकी छिन । मङ्गलवार पश्चिम नवलपरासीको बर्दघाटमा अखिल नेपाल महिला सङ्घ नवलपरासीले आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले यस्तो बताएकी हुन्।
प्रधानमन्त्रीले सांसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताइन्। नेकपाको महिला नेतृ समेत रहेकी झाँक्रीले सांसद विघटन गरेर प्रधानमन्त्री देशमा 'कु' गरेको बताउँदै २०६२–०६३ मा राजा ज्ञानेन्द्र शाहलाई सडक आन्दोलनले फालेको स्मरणगर्दै अब यही सडक आन्दोलनबाट केपी ओलीलाई कुर्सीबाट फाल्ने उनको भनाई थियो ।
उनले भनिन्, "सडक आन्दोलनबाट सांसदको पुनर्स्थापना गराएर छाड्ने बताइन् । एक फारक प्रसङ्गमा भनिन केपी ओलीका गुन्डाहरूले पार्टी कार्यालय कब्जा गदै हिँडिरहेका छन् । उनीहरूलाई सडक आन्दोलनबाटै केपी ओलीको गुन्डाहरूलाई पाखा लगाउने छ । प्रधानमन्त्री ओलीलाई जनताले बहुमत दिँदा पनि प्रचण्डले काम गर्ने नदिएको ठाउँ–ठाउँमा भन्दै हिँदेको छ। "
सांसद विघटन गर्न संविधानमा कुनै पनि धारामा प्राबधान नरहेको बताउँदै प्रधानमन्त्री आफ्नो स्वार्थ र सत्ताको दुरुपयोग गरेर सांसद विघटन गरेको झाँक्रीको भनाई थियो । निर्वाचन आयोगले माधव-प्रचण्डको समूहले नै आधिकारीक पार्टी घोषण गर्ने र सूर्य चिन्ह माधव-प्रचण्डले नै पाउने विश्वास व्यक्त गरेकी थिईन् ।