२०७७ माघ १२, साेमबार

img-responsive

११:०४:०३

 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट घरदैलो मृत्यु दाबी भुक्तानी

गोठालो खबर
गोठालो खबर २०७७ पुस २८, मङ्गलबार,०३:१६:PM  
img-responsive

बिराटनगर, २८ पुष। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरदैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मृतकको घरैमा गएर मृत्यु दावी भुक्तानी गरेको छ। मिति २०७७।०९।२७ गते सोमबारका दिन सुनसरी जिल्लाको दुहबी न.पा. १० सुनसरी घर भएका बिमीत श्री खेम नारायण माझीको दम कारण मिति २०७७ आश्विन ०६ गते मृत्यु भएकोले निजकै घरदैलोमा गएर निजको श्रीमती श्री चन्द्रवती  कुमारी थारुलाई रु. २,५२,००० को चेक हस्तान्तरण गरेको हो।

स्थानीय बासिन्दा, मृतकका आफन्त, अभिकर्ता, कर्मचारी, विराटनगर शाखाका शाखा प्रबन्धक श्री सुजन भण्डारी र कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक श्री बुद्धिलाल चौधरीको उपस्थितिमा एक समारोह आयोजना गरी संयुक्त रूपमा चेक हस्तान्तरण गरेको हो। निज मृतकका श्रीमानले १३ वर्ष अगाडि ५,५ वर्षमा बिमाङ्कको २५ प्रतिशत फिर्ता हुने एशियन लाइफ इन्स्योरेन्सको लोकप्रीय योजना 'अग्रिम भुक्तानी बिमा योजना' मा बिमा गरेका थिए। उनको हाल सम्म रु. ८०,००० फिर्ताबापतको  रकम लिइसकेपछि बाँकी रकम चेक मार्फत पुन: हन्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा भण्डारीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेवालाई पहिलो रणनीति अन्तर्गत घरदैलोमा नै गरएरक्षतिपूर्ति दिने परम्परालाई निरन्तरता दिएको हो।

मानिसको जीवनमा सबभन्दा महत्त्वपूर्ण सदस्य आमा भए जस्तै आर्थिक सुरक्षाको कवाज एक मात्र निर्विकल्प जीवन  बिमा रहेकोले एशियन लाइफ विभिन्न योजनाहरू खरिद गर्ने साथै कोरोना भन्दा जटिल समस्या अगामी दिनमा आउनसक्ने भएकोले बचत गरेमा त्यस्ता जटिल समस्या संग जुध्न सकिने भएकोले बिमामा बचत गर्ने एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड, बिराटनगर शाखाका प्रबन्धक सुजन भण्डारीको अपिल रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com