२०७७ माघ १५, बिहीबार
१०:४०:१३
काठमाण्डौ , पुष २८। चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशित गरेको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। पुष २४ गतेबाट निष्काशित गरेको आइपिओ आज पुष २८ गते अन्तिम दिन हो। पुष २४ गतेबाट १५ लाख ३४ हजार ९१ कित्ता अर्थात १५ कराेड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।
कम्पनीले निष्कासन गरेको १५ लाख ३४ हजार ९१ कित्ता मध्य ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित राखी बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने समय छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गते सम्म तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।
अहिलेसम्म कम्पनीको आइपिओमा १५ गुणा बढी आवेदन परिसकेको छ। इक्रा नेपालले कम्पनीलाई मध्यम स्तरको क्रेडिट जोखिम रहेको इक्रा एनपी आईआर डबल बी रेटिङ्ग दिएको छ।
यस आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।