२०७७ माघ १५, बिहीबार

img-responsive

१०:१२:२१

 

भायानेट कम्युनिकेसनको सिस्टम भित्र छिर्ने युवक पक्राउ

गोठालो खबर
गोठालो खबर २०७७ पुस २७, साेमबार,०५:४७:PM  
img-responsive

काठमाडौं, २७ पुस । भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा प्रहरीले रुपन्देही तिलोत्तमाका १८ वर्षीय किशोरलाई आइतबार पक्राउ परेका छन् ।

उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पु¥याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको बताएको छ ।

ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको प्रहरीले बताएको छ  । उनीमाथि थप अनुसन्धान भइरहेको उक्त व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com