२०७७ माघ १५, बिहीबार
१०:२९:५७
एजेन्सी, २७ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको घरमा पुत्रीलाभ भएको छ । आज आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर सेयर गरेका हुन् ।
उनको अनुसार अनुष्का तथा विराटकी छोरीको जन्म मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा भएको हो। विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ। आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ। छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाईहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’ तीन वर्षअघि विराट र अनुष्काको विवाह भएको थियो ।